मधेस प्रदेशसभा सञ्चालनका लागि क्षतिग्रस्त संरचनाको सरसफाई
मधेस प्रदेशसभाको बैठक असोज ७ गते बस्ने निश्चित भएपछि सभा परिसरको सरसफाई द्रुत गतिमा अघि बढाइएको छ । भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा अधिकांश संरचनामा आगजनी र लुटपाट भएको थियो ।
क्षतिग्रस्त बैठक कक्षलाई पुनः सञ्चालन योग्य बनाउन तीव्र तयारी थालिएको हो । सभामुख रामचन्द्र मण्डलको अगुवाइमा सर्वदलीय नेताहरू समेत प्रदेशसभा पुगेर सरसफाइ र व्यवस्थापनमा जुटेका छन् ।