नेपाली कांग्रेसका महासमिति सदस्य हरिबल भन्डारी अमेरिकाको टेक्ससमा मृत फेला
अमेरिकाको टेक्सास निवासी नेपाली काँग्रेसका नेता हरिबोल भण्डारी आफ्नै निवासमा आज मृत अवस्थामा भेटिएका छन् ।
लामो समयदेखि अमेरिकामा बस्दै आएका भण्डारी नेपाली कांग्रेस सम्बद्ध जनसम्पर्क समितिका केन्द्रीय सदस्यसमेत रहेका थिए । साथै उनले दुई पटक महासमिति सदस्यको जिम्मेवारी पनि सम्हालेका थिए ।