NEB ले नतिजा प्रकाशित भएको सूचना जारी गरेको १ घण्टा बितिसक्दा पनि वेबसाइटमा अझै 'Coming Soon' देखिने समस्या
राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले कक्षा १२ को नतिजा प्रकाशित भएको जानकारी दिँदै सूचना जारी गरेको एक घण्टा बितिसक्दा पनि धेरै विद्यार्थीहरूले नतिजा हेर्न नसकेको गुनासो गरेका छन्।
वेबसाइटमा अहिले पनि "Coming Soon" देखिएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ। धेरैले NEB को तयारीप्रति प्रश्न उठाएका छन्।
एकैपटक अत्यधिक ट्राफिकका कारण वेबसाइटमा समस्या आएको अनुमान गरिएको छ, तर बोर्डले हालसम्म कुनै आधिकारिक प्राविधिक स्पष्टीकरण जारी गरेको छैन।
विद्यार्थी र अभिभावकले यथाशक्य चाँडो समस्या समाधान गरी नतिजा सहज रूपमा हेर्न सक्ने व्यवस्था मिलाउन बोर्डसँग माग गरिरहेका छन्।