सतर्कता अपनाउन अनुरोध सुर्खेतको खानीखोलामा भारी वर्षा
सुर्खेतको खानीखोलामा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज बिहान ९:२० बजे विभागले जारी गरेको सूचनाअनुसार पछिल्लो तीन घण्टामा भारी वर्षा मापन गरिएको हो ।
विभागले त्यस आसपासका खोलाहरूमा पानीको बाहव बढ्ने सम्भावना रहेकोले तटीय क्षेत्रमा सतर्कता अपनाउनु अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।