गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने आयोजक कमिटी सदस्यको बैठक सम्पन्न
नवौं राष्ट्रीय महाधिवेशन आयोजक कमिटीमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने आयोजक कमिटी सदस्यको बिचमा बैठक सम्पन्न भएको छ । उक्त बैठकको अध्यक्षता प्रदेश कमिटी इन्चार्ज सुष्मा कट्टेलले गर्नुभएको थियो भने पार्टी केन्द्रीय कमिटी सचिब श्रीनाथ बराल, दिलु पन्त, कृष्ण नेपाली, धर्म शाही, ठाकुर प्रसाद शर्मा, खड्ग हमाल, बिराज हमाल, विवेक भुजेल लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
बैठकले भाद्र २३ र २४ गते काठमाडौंमा आयोजना भएको केन्द्रीय कमिटीको बैठकमा अनिवार्य उपस्थित हुने र मातहतका कमिटीहरुको बैठक तथा भेलाहरु कात्तिक मसान्त भित्र सम्पन्न गर्ने निर्णय गरेको छ । भारत र चिनले नेपालको लिपुलेक क्षेत्रलाई ब्यापारिक नाका बनाउने निर्णय गरेकोमा बैठकले घोर भत्सर्ना गर्दै नेपाल सरकारलाई निर्णय सच्चाउनको लागि कुटनीतिक रुपले पहल गर्न ध्यानाकर्षण गरेको छ । त्यसै गरि नजिकिंदै गएका चाडहरुको मुखमा बजारमा देखिएको अनियमितता, काला बजारी र महंगिको सन्दर्भमा बैठकमा छलफल गरि त्यसको नियमनको लागि स्थानिय प्रशासनको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।






