नेकपा एसको युवा संघले पायो पूर्णता, रोशन थापाको संयोजकत्वमा २०१ सदस्यीय कमिटी गठन
नेकपा एकीकृत समाजवादी निकट युवा संघले पूर्णता पाएको छ। युवा संघको नवौँ राष्ट्रिय महाधिवेशन गर्नको लागि पार्टीको केन्द्रीय, स्थायी र सचिवालयको बैठकको निर्णय अनुसार अपानि ४ जारी गर्दै रोशन थापाको संयोजकत्वमा २०१ सदस्यीय कमिटी गठन गरिएको जानकारी गराएका हो।
संघको सहसंयोजकमा धर्मबहादुर शाही र सञ्जिव राई चयन भएका छन्। संघले निर्वाचन आयोगको अध्यक्षमा भक्त केसी, लेखा समिति बलराम उप्रेती र विकल केसी चयन भएका छन्। इन्चार्जलाई प्रत्यायोजित जिम्मेवारी अनुसार वैशाख ७ गते गठन गरेको कार्यदलको बैठकले महाधिवेशन गर्नको लागि आयोजक, कार्यालय र आयोगहरू गठन गरेको अपानिमा उल्लेख छ।