धार्चेको दोभानमा पहिरो खस्दा उत्तरी गोरखा जाने सडक अवरुद्ध
धार्चे गाउँपालिका–३ दोभानस्थित खोत्राङ खोलावारि पहिरो खस्दा सडक अवरुद्ध भएको छ । बिहीबार राति उत्तरी क्षेत्र जाने मुख्य सडकमा पहिरो खस्दा सवारी आवतजावत ठप्प भएको हो ।
सडकमाथि भिरबाट शुक्रबार बिहानसम्म पनि साना–ठूला ढुंगाहरू खसिरहेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए । उक्त बाटो भएर आवतजावत गर्दा दुर्घटनामा पर्न सक्ने उच्च जोखिम रहेकाले पैदल यात्रीलाई वैकल्पिक बाटोको प्रयोग गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।