माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु
बुढीराप्तीमा विहीबार राति ९ बजेतिर माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ ।
चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो । खोजी गर्ने क्रममा राति सवा १ बजेतिर माछा मारेको स्थानभन्दा करिब २०० मिटर तल अभिषेकको शव फेला परेको डिएसपी खनालले जानकारी दिए।