ग्वार्को फ्लाई ओभरमा सर्वसाधारणको आकर्षण
ललितपुरको ग्वार्को चोकमा नेपालकै पहिलो फ्लाई ओभरको निर्माण कार्य भर्खर सकिएको छ । सो फ्लाई ओभरको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
निर्माण सम्पन्न भएको र तर उद्घाटन भइनसकेको सो फ्लाई ओभरमा अहिले सर्वसाधारणको आकर्षण बढेको छ । बिहान मर्निङ वाक गर्न आउने, साइक्लिङ गर्ने, टिकटक बनाउनेहरू बाक्लै रूपमा देखिएका छन् । नेपालमा बनेको यो पहिलो संरचना भएका कारण पनि अहिले यो आकर्षणको केन्द्र बनेको छ।