जिल्ला अदालत काठमाडौँमा प्रधानन्यायाधीशको छड्के अनुगमन
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले जिल्ला अदालत काठमाडौँमा छड्के अनुगमन गरेका छन् । सोमबार प्रधानन्यायाधीश राउतले जिल्ला अदालतमा छड्के अनुगमन गरेका हुन् ।
अपराह्न ४ बजे जिल्ला अदालत पुगेका प्रधानन्यायाधीश राउतले सेवाग्राहीका गुनासा सङ्कलन गरेका थिए । उनले सेवाग्राहीका गुनासा सङ्कलन गरी केहीबेर जिल्लाका कर्मचारीसँग अन्तरक्रिया गरेका थिए ।