काभ्रेबाट भक्तपुर आउँदै गरेको टिपरमा आगलागी
काभ्रेको पाँचखालबाट भक्तपुरतर्फ आउँदै गरेको टिपरमा आगलागी भएको छ। मध्यराति पाँचखाल नगरपालिका-५ तल्लो जिपलाइनस्थित अरनिको राजमार्गमा बा २ क ६१२५ नम्बरको टिपरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
दोलखा कालिञ्चोक गाउँपालिका-७ का २७ वर्षीय नवराज सिवाकोटी उक्त टिपरमा बालुवा लोड गरी भक्तपुरतर्फ आउँदै गरेका थिए। एक्कासि टिपरको रेस बढ्न थालेपछि उनले रोकेका थिए।
रोकेर पम्पको तार र फ्युज निकाल्दा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट मानवीय क्षति भएको छैन। टिपरमा लागेको आगो नगर प्रहरी र दमकलको सहयोगमा निभाइएको थियो।