अनुगमन तथा मूल्याङ्कन समितिलाई तोकिएकै मितिभित्र सुझाव दिन आग्रह
काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८२ को मस्यौदा, समितिको स्थलगत अनुगमन भ्रमणको प्रतिवेदन र समसामयिक विषयको सम्बन्धमा छलफल भएको छ ।
सोमबार बसेको समितिको बैठकले उक्त प्रतिवेदनहरुमाथि छलफल गर्नुको साथै प्रतिवेदन भविष्यको पुस्ताले पढ्दा राम्रो बनाएको रहेछ भन्ने स्तरको बनाउनको लागि असार १५ गतेसम्म दुईवटा प्रतिवेदन बारे लिखित प्रतिक्रिया समितिलाई दिनुपर्ने सभापति ठाकुर प्रसाद गैरेले निर्णय गरेका छन् ।