पत्रकार नारायण अर्याल पक्राउ
नेपाल प्रहरीले पत्रकार नारायण अर्याललाई पक्राउ गरेको छ । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालका अनुसार उनलाई प्रहरीले कुपण्डोलबाट पक्राउ गरेको हो । कुपन्डोलको नटराज ट्राभल्सबाट नियन्त्रणमा लिएको हो ।
यसअघि बिहान पत्रकार अर्यालले खबरहबसँगको कुराकानीमा आफूलाई खोज्दै सादा पोशाकका प्रहरी कुपण्डोलस्थित निवासमा पुगेका बताएका थिए ।
सादा पोशाकका प्रहरी घर पुग्नुअगावै पत्रकार अर्याल बाहिरिसकेकाले पक्राउबाट जोगिएका थिए ।