धनकुटाको अवरूद्ध सडक दुई घन्टापछि खुल्यो
चार वटा गाडी एकै ठाउँमा ठोक्किएर अवरूद्ध बनेको धनकुटा पाख्रीबासको सडक दुई घन्टापछि खुलेको छ। जिल्ला प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले दिएको जानकारी अनुसार आज बिहान ११ बजे अवरूद्ध बनेको सडक दिउँसो १ बजेपछि खुलेको हो।
भोजपुरबाट काठको लकडी बोकेर इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ६६१ नम्बरको ट्रकको एक्सलु भाँचिएर पछाडि सरेपछि पछाडि रहेका तीन वटा गाडी ठोक्किएका हुन्। ट्रक पछि सर्दा प्रदेश १–०२–००१ ख ४८९१ नम्बरको टिपरसँग ठोक्किएको थियो।