कमल थापा र पूर्व राजावीच नगरकोटमा गोप्य कुराकानी
सत्तामा फर्किने प्रष्ट मनसुवाका साथ समर्थकहरुलाई सडकमा ओर्लन आह्वान गरे पनि तीनकुने घटनापछि रक्षात्मक बन्न पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह बिभिन्न समूहमा छरिएर रहेका राजावादीहरुलाई एक ठाउँमा ल्याएर आन्दोलन अगाडि बढाउन फेरि कस्सिएको खबर प्राप्त भएको छ ।
फागुन ७ गते वक्तव्य निकालेर उनले आफूलाई साथ दिन आह्वान गरेपछि हौसिएर सडकमा ओर्लिएका राजावादीहरुले चैत १५ गते तीनकुनेमा विध्वंस मच्चाएका थिए । त्यसपछि सुस्ताएको आन्दोलनलाई फेरि उठाउन राजेन्द्र लिङ्गदेनहरु सक्रिय भैरहेका बेला ज्ञानेन्द्र आफैँ भित्रभित्र तातेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र वैशाख १७ गतेदेखि नगरकोटस्थित सोल्टी वेस्ट इन्ड रिसोर्टमा बसिरहेका छन् । 'मुड फ्रेस' बनाउन बसेका उनको त्यहाँ विभिन्न व्यक्तिहरुसंग भेटवार्ता भैरहेको छ ।