एमालेको जुलुस धमाधम भृकुटीमण्डप पुग्दै
नेकपा एमालेले आयोजना गरेको गणतन्त्र उत्सवका लागि विभिन्न ठाउँबाट झाँकीसहितको र्याली कार्यक्रमस्थल भृकुटीमण्डप पुगिरहेको छ।
गणतन्त्र उत्सव र्याली पद्मकन्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेसभुसा,सांस्कृतिक झाकी र्यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पुगेका हुन् । भृकुटीमण्डपबाट बृहत् र्याली रत्नपार्कमा पुगेर सम्बोधनसहित समापन हुने कार्यक्रम रहको छ ।