राजावादी आन्दोलनको क्षतिमा ५ करोड बराबरका ४३ वटा बीमा मागदाबी
राजावादीहरूको अराजक आन्दोलनमा क्षति भएका सम्पत्तिमा ४३ वटा मागदाबी परेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बुधबारसम्म ४ करोड ८७ लाख रुपैयाँ बराबरको मागदाबी परेको हो ।
उक्त मागदाबीमध्ये ३३ वटा मोटरबीमा अन्तर्गत रहेका छन् । यसबापत १ अर्ब २२ करोड रुपैयाँ बराबरको मागदाबी परेको प्राधिकरणले जनाएको छ । उक्त दाबीमध्ये २ वटा दाबीबापत ४३ हजार ८२२ रुपैयाँ भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, सम्पत्ति बीमातर्फ १६ वटा बीमालेखका ३ करोड ११ लाख ६६ हजार रुपैयाँको मागदाबी प्राप्त भएकोमा हालसम्म कुनै भुक्तानी नभएको जनाएको छ ।
त्यस्तै, इञ्जििनियरिङ बीमातर्फ ३ वटा बीमालेखमार्फत् ३७ लाख रुपैयाँ तथा विविध बीमातर्फ २ वटा बीमालेखमार्फत् १० लाख १ हजार १३० रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ । विविध बीमा अन्तर्गत ११३० रुपैयाँ भुक्तानी भएको छ ।