फिनाम कुवापानी काठमाण्डौ समाजले प्राथमिक उपचार सम्वन्धी सचेतना कार्यक्रम र बार्षिक भेला सम्पन्न
फिनाम कुवापानी काठमाण्डौ समाजले आज बैशाख १३ गते बनस्थली स्थित मदरर्स बैक्केटमा आयोजित बार्षिक कार्यक्रममा योगदान राष्ट्रका लागि सस्थाको सहकार्यमा अप्रत्याशित स्वास्थमा हुने गडबडीमा आफ्नो परिबार छरछिमेकीलाई अस्पताल पुर्याउनु पुर्व अपनाउनु पर्ने साबधानी तथा प्राथमिक उपचार सम्बन्धि सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ। उक्त सचेतना कार्यक्रममा संस्थाका प्रवक्ता हिरण्यराज उप्रेतिले संस्थाको गतिविधिको चर्चा गर्दै प्राथमिक उपचार सम्वन्धी ज्ञान महत्वपुर्ण रहेको र सचेतना फैलाउन यहाँहरुले सो सम्वन्धी थप तालिम लिई सेवा दिन सक्ने बताउनु भएको थियो ।
त्यसै गरी सोहि संस्थाका कोषाध्यक्ष दिर्घराज भट्टराईले स्वास्थमा आउने अप्रत्याशित हृदयघात, छारे रोग, घाँटीमा खानेकुरा अडकेको अवस्था लगायत विविध समस्याहरुमा अस्पताल पुग्नु पुर्वका सम्वन्धमा सचेतना अभिबृद्धि गराउनु भएको थियो ॐ समाज डेन्टल अस्पतालका वरिष्ठ दन्त सर्जन तथा समाजसेवी डा सुभास घिमिरेज्यूको प्रमुख आतिथ्यतामा ५० जना भन्दा बढिको सहभागितामा भव्यता पुर्वक कार्यक्रम सम्पन्न गरेको छ।

बैंकर एवं समाज सेवी गिता थापा केसीले स्वागत मन्तव्य राख्दै समाजको सामाजिक गतिविधिको चर्चा गदै आगमि दिन अझ दृढताका साथ अगाडि बढने बताउनु भएको थियो ।कार्यक्रममा उपस्थित विशेष अतिथि अतिथिज्यूहरुले मन्तब्य राख्नुभएको थियो ।प्रमुख अतिथि वरिष्ठ दन्त सर्जन तथा समाजसेवी डा सुभास घिमिरेज्यूले मुख स्वास्थ, सोच, विचार र हामीले गर्ने व्यवहारमा सुधार गर्न सकेमा घर नै मन्दीर हुने र आजै देखि आफुलाई परिवर्तन गर्न महत्वपुर्ण प्रेराणादायी विचार व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा समाजका प्रमुख सल्लाहकार राजकुमार खत्रीज्यूले धन्यवाद मन्तब्य राख्दै हाम्रो निमन्त्रणालाई स्विकार गरी पाल्नुभएका प्रमुख अतिथि विशेष अतिथि अतिथिज्यू र उपस्थिति महानुभावहरु प्रति आभार व्यक्त गर्दै कार्यक्रम सफलता पुर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै कार्यसमितिलाई धन्यवाद दिनु भयो ।साथै नयाँ कार्य समिति समेत चयन गरेको छ।मदन खडकाज्यूको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन भएको छ भने राजकुमार खत्रीज्यूको संयोजकत्वमा ५ जनाको सल्लाहकार समिति गठन भएको छ ।जेष्ठ सदस्य एव पुर्व डिएसपी तेज जंग थापाज्यूलाई सम्मान समेत गरिएको थियो ।
समाजका अध्यक्ष श्री मदन खडकाज्यूको सभाध्यक्षतामा संचालन भएको उक्त कार्यक्रम कृष्ण जंग थापाले गर्नुभएको थियो ।
