बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु
सुदूरपश्चिममा बुधवार साँझदेखि वर्षा र हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ। बझाङ जिल्लाको वित्थडचिर गाउँपालिका–३ मा चट्याङ लागेर एक वृद्धाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ७८ वर्षीया धौली बोहराको आज साँझ परेको चट्याङ लागेर मृत्यु भएको हो।