ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले पदबाट राजीनामा दिएका छन् । वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले बैशाख १ गतेदेखि लागु हुने गरि राजिनामा दिएको बताए ।
नेपाल विद्युत् प्राधिकरणको उपकार्यकारी निर्देशकबाट सेवा निवृत्त अधिकारीलाई गत १३ भदौको मन्त्रिपरिषद् बैठकले विशिष्ट श्रेणीको सेवा सुविधा पाउने गरी वरिष्ठ ऊर्जा विज्ञ नियुक्त गरेको थियो । तर, अधिकारीले आठ महिना पुगे संगै मन्त्रालयको वरिष्ठ ऊर्जा विज्ञ पद बाट राजिनामा दिए छन् ।
उनले भने,’उर्जा मन्त्रालयको दैनिकिबाट मैले संघारमा आइपुग्दै गरेको नयाँ बर्षको सुरुवातसँगै विश्राम लिएको छु। होला, अर्को बिहानी पो कतै मेरै लागि प्रतीक्षारत छ कि ! यात्रा सायद त्यस्तै हुन्छ- एउटा चरणमा पुगेर विश्राम, अनि फेरि अर्को चरण शुरु हुन्छ ।’
उनले पुराना बाटा कहिलेकाहीँ पट्यारलाग्दा हुने भन्दै नयाँ बर्षमा नयाँ बाटो हिड्न आफैले पुरानो बाटोबाट मोडिन खोजेको जानकारी दिए । आफ्नो मन खुसीले राजीनामा दिएको उल्लेख गरे ।
उनले भने ,’उर्जा मन्त्रालयमा रहँदाको “फ्ल्यासब्याक“ त रहने नै भयो। “सोचेझैं जिन्दगी रैनछ“ भन्ने गीतको बोलजस्तै केही नयाँ अनुभव गरियो, केही नयाँ पाठ सिकियो।’