मदिरा सेवन गरी लफडा गर्ने प्रमुख प्रशासकीय अधिकृत पक्राउ
बर्दियाको बार बर्दिया नगरपालिकाकामा अभद्र व्यवहार गर्ने प्रमुख प्रशासकीय दीपक आचार्यलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरेको छ ।
बार बर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय दीपक आचार्यले कार्यालय समयमा मदिरा खाई कार्य भित्र टेबल तोडफोड गर्ने र हो हल्ला गरेपछि नियन्त्रणमा लिएर राखिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।
उनले भर्ने –'उहाँलाई हामीले गएराति नियन्त्रण लिएका छौ, अहिले अभद्र व्यवहारमा नियन्त्रणमा लिएको हो, कुन मुद्दा चलाउने कसरी जाने भन्ने अव मेयर साहेब आएपछि छलफल हुन्छ। '
उनले कार्यालयमा अभद्र व्यवहारपछि सामाजिक सञ्जालमा मेयर तथा उपमेयरविरुद्ध विभिन्न लान्छना लगाउँदै लामो स्टट्यटस समेत लेखेका थिए । पालिकाले अभद्र व्यवहारसम्बन्धी र साइबर क्राइम सम्बन्धी उजुरी दिने नगरपालिका प्रमुख छविलाल थारुले बताए ।