सिराहामा नालामा डुबेर एक बालिकाको मृत्यु
सिराहाको मिर्चैयामा नालामा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । नालामा जमेको पानीमा डुबेर सिराहाको मिर्चैया नगरपालिका वडा नं. ५ का किसुन साफीकी ५ वर्षिया छोरी आसिका साफीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
शनिबार घर छेउकै नालामा मृत अवस्था बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिराहामा राखिएको जिल्ला प्रहरीले कार्यालय सिराहाका सूचना अधिकारी तथा डीएसपी वीरेन्द्र पामानले बताएका छन् ।