वर्षाले शिक्षक आन्दोलन प्रभावित
काठमाडौँ उपत्यकामा आइतबार दिउँसो वर्षा भएको छ। वर्षासँगै शिक्षक आन्दोलन प्रभावित भएको छ।
पानी परेसँगै शिक्षकहरू तितरबितर भएका छन् भने बस चढेर गन्तव्यतर्फ लागेका छन्। पानी पर्नुअघि शिक्षक र प्रहरीबिच झडप भएको थियो । विद्यालय शिक्षा विधेयकको माग गर्दै शिक्षकहरू तीन साताभन्दा बढी समयदेखि आन्दोलनमा छन् ।