युवासंघका नेतालाई खुकुरी हानेको घटनामा एकजना पक्राउ
नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल झापाका इन्चार्ज खगेन्द्रराज आङ्देम्बे ‘राज’सहित तीन युवामाथि गएराति भएको आक्रमणमा संलग्न रहेको आरोपमा बिर्तामोड नगरपालिका-४ का खगेन्द्र खालिङ पक्राउ परेका छन् ।
खालिङलाई बिर्तामोडबाटै पक्राउ गरेर हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र बहादुर खड्काले जानकारी दिएका छन् । उनी पनि एमालेकै कार्यकर्ता भएको खुलेको छ । घटनामा अन्य युवासमेत संलग्न भएको आशंकामा प्रहरीले खोजी जारी राखेको खड्काले बताए ।