प्रधानमन्त्रीद्वारा लेखक तथा पूर्वकूटनीतिज्ञ कोइरालालाई श्रद्धाञ्जली
लेखक तथा पूर्वराजदूत कमल कोइरालाको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली अर्पण गरेका छन् । आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेर उनले श्रद्धाञ्जली दिएका हुन् ।साथै ओलीले गत शुक्रबार राजावादी आन्दोलनका प्रदर्शनकारीले तोडफोड र आगजनी गरेकाे कार्यालयको अवलोकन पनि गरे ।
पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेकपा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल, पूर्वराजदूत टंक कार्की, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पत्रकारिता विभाग प्रमुख जगत नेपाललगायत नेताहरुले श्रद्धाञ्जली दिए ।

