हुम्लामा ट्रकको ठक्करबाट ७२ वर्षीया महिलाको मृत्यु
कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका-४ मा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोमबार दिउँसो सरदमुकाम सिमकोट आउँदै गरेको भे१ख ३७६४ नम्बर ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सर्केगाड गाउँपालिका-४ दुल्लि गाउँकी करिब ७२ वर्षीया पानकला थापाको मृत्यु भएको इलका प्रहरीचौकी सर्केगाडले जनाएको छ । थापाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध बनाएका छन् ।