वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह खानेपानी संस्थानको सदस्य नियुक्त
वीरगञ्ज महानगरपालिकाका प्रमुख एवं मेयरराजेशमान सिंह नेपाल खानेपानी संस्थान सञ्चालक समितिको सदस्य नियुक्त भएका छन् ।
खानेपानीमन्त्री प्रदीप यादवले नगरप्रमुख सिंहलाई मन्त्रीस्तरीय निर्णयबाट खानेपानी संस्थान सञ्चालक समितिको सदस्य नियुक्त गरेका हुन् । नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधनसहित) को दफा ८ को उपदफा १ (४) बमोजिम सिंहलाई समितिको सदस्य नियुक्त गरिएको खानेपानी मन्त्रालयका सहसचिव रामबाबु पुरीले बताए ।