अवैध लागु औषधसहित ५ जना पक्राउ
कैलाली प्रहरीले अवैध लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । मंगलबार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती र लागु औषध ब्युरो शाखा कार्यालय धनगढीबाट खटिगएको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
गोदावरी नगरपालिका वडा नं. ०८ स्याउले स्कुलटोल बस्ने वर्ष २५ को सुनिल बमको घरकोठामा खानतलासी गर्दा निज सुत्ने कोठाको सिरानी भित्र लुकाई(छिपाई राखेको अवस्थामा २ ग्राम ८० मिलिग्राम र सोही स्थान बस्ने वर्ष २१ को प्रकाश भुललाई खानतलासी गर्दा निजको साथबाट २०० मिलिग्राम लागु औषध (खैरो हिरोइन) फेला परेको प्रहरीले जानकारी दियो ।
त्यस्तै टीकापुर नगरपालिका–९ खक्रौला स्थित चेक पोस्टमा प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको चालक टीकापुर नगरपालिका–७ नारायणपुर बस्ने वर्ष २४ को अरुण श्रीवास्तवले चलाएको से ६ प ६५९१ नम्बरको स्कुटरमा पछाडि सवार रहेका वर्ष २२ को सञ्जय विष्टलाई रोकी निजहरूको शरीर तथा स्कुटरको खानतलासी गर्दा स्कुटर चालक अरुण श्रीवास्तवले लगाएको हेल्मेट भित्र लुकाई छिपाई राखेको अवस्थामा १ ग्राम ७९० मिलिग्राम लागु औषध (खैरो हेरोइन) फेला परेको प्रहरीको भनाइ छ ।