अखिल नेपाल किसान महासंघको महाधिवेशन आयोजक कमिटी गठन
नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल किसान महासंघको सातौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ । सोमबार सो संगठनका कार्यवाहक अध्यक्ष बलदेव चौधरीको संयोजकत्वमा २९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरिएको हो ।
शनिबार सम्पन्न सो संगठनको राष्ट्रिय भेलाले आगामी ६ महिनाभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको छ । भेलाले राष्ट्रिय महाधिवेशनको तयारी गर्न दुईवटा समिति समेत गठन गरेको छ ।