राजावादीको आन्दोलनमा झडप
शुक्रबार जारी राजावादीको आन्दोलनमा झडप भएको छ । व्यवस्थाको विरोध गर्दै राजावादीहरूले गरेको प्रदर्शनमा सहभागीहरू तीनकुनेबाट निषेधित क्षेत्र बानेश्वरतर्फ अघि बढ्न खोजेपछि झडप भएको हो ।
झडपमा प्रहरीले लाठी र अश्रुग्यास प्रहार गरेको छ भने प्रदर्शनकारीले ढुङ्गा हानेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन पानीको फोहोरा समेत प्रहार गरेको छ ।