राजावादी आन्दोलनमा सहभागी विवादास्पद धर्मगुरु खतिवडा पक्राउ
राजावादी आन्दोलनलाई उत्तेजित बनाउने एक जना धर्मगुरु पनि पक्राउ परेका छन् ।शुक्रबार तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुंगामुढा गर्ने धर्मगुरु पुष्कर खतिवडालाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनलाई प्रहरीको विशेष टोलीले इमाडोलस्थित एक घरमा लुकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।उनले आन्दोलनका क्रममा ढुंगा हानेका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् ।