अमेरिकामा फेरी ठोक्किए दुई विमान
संयुक्त राज्य अमेरिकाको एरिजोनाको स्कट्सडेल विमानस्थलमा सोमबार निजी जेट विमानहरू ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य घाइते भएका छन् ।
संघीय उड्डयन प्रशासनले एक निजी जेट रनवेबाट बाहिर निस्केको र अर्को जेटसँग ठोक्किएको बताएको छ। अहिले अमेरिकी प्रशासनले यस विषयमा अनुसन्धान सुरु गरेको छ । अमेरिकामा पछिल्लो १० दिनमा भएको यो चौथो विमान दुर्घटना हो ।
जानकारी अनुसार यो घटना सोमबार दिउँसो २ बजेर ४५ मिनेटमा भएको हो । लियरजेट ३५ ए विमान अवतरणपछि धावनमार्गबाट बाहिरिएको थियो । यस पछि एउटा गल्फस्ट्रिम २०० र्याम्पमा रहेको बिजनेस जेटसँग ठोक्कियो । विमानस्थलमा उडानहरू अस्थायी रूपमा रोकी राखिएको अवस्था थियो । विमानमा कति यात्रु सवार थिए भन्ने अझै खुल्न सकेको छैन ।