पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ
पर्सा प्रहरीले अनलाइन जुवा खेलाउने एक भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा छापा हान्दा प्रहरीले (सट्टेवाजी) अनलाइन जुवा खेलाउने भारत विहार मोतिहारी थाना ढाका ग्राम देवपुर बस्ने रविशंकर ठाकुरलाई पक्राउ गरेको हो ।
पर्सा प्रहरी प्रवक्ता सुबास भट्टका अनुसार महानगरको मुर्लीमा घर भाडामा लिएर अनलाइन जुवा खेलाइरहेको सूचना प्रहरीलाई आएको थियो र सोही सूचनाका आधारमा छापा हान्दा ठाकुर पक्राउ परेका हुन् ।
नियन्त्रणमा लिइएका ठाकुरको साथबाट प्रहरीले विभिन्न कम्पनीका ९ थान ल्यापटप, ल्यापटप चार्जर, राउटर, हेडफोन, पेनड्राइभ, माउससहितका सामानहरु बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका ठाकुरमाथि थप अनुसन्धान गर्न अदालतबाट ५ दिनको म्याद थप गरिएको पर्सा प्रहरीले जनाएको छ ।