काठमाडौंमा भूकम्पको धक्का महसुस
मुलुकको राजधानी काठमाडौंसहित पूर्वी नेपाल र पश्चिम नेपालका अधिकांश भूभागमा भूकम्पको धक्का महसुस भएको छ । राती २ बजेर ५१ मिनेटतिर भूकम्पको कम्पन निकैबेर रहँदा नागरिकहरु आत्तिएर घरबाहिर निस्किएका छन् । भूकम्पको धक्का पूर्वी नेपालसम्म गरिएको प्रतिक्रिया आउन थालेका छन् भने हालसम्म क्षतिको विवरण प्राप्त भइसकेको छैन ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भैरवकुण्क केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।