ललितपुरको सिभिल होम्समा आगलागी
ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी भएको छ । आइतबार बिहान ललितपुर महानगरपालिका २७ सुनाकोठीका सुमनकुमार जोशीको घरमा आगलागी भएको हो। उनको घरको माथिल्लो तलामा रहेको मन्दिर कोठाबाट आगलागी सुरु भएको थियो।
ललितपुर प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार नेपाल प्रहरी र ललितपुर महानगर प्रहरीले २ वटा दमकलकोक सहायतामा आगो निभाएको छ। क्षतिको विवरण आउन बाँकी छ।