सप्तरीमा गाडीको ठक्करबाट एक वृद्धको मृत्यु
सप्तरीमा मर्निङ वाकमा हिँडेका एक वृद्धको सवारी दुर्घटनामा मृत्यु भएको छ। जिल्लाको सुरुङगा नगरपालिका वडा नम्बर ३ स्थित कदमाहा–गाइघाट सडक खण्डमा गाडीको ठक्करबाट सुरुङगा नगरपालिका ३ बस्ने ६० वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने सवारीको पहिचान खुल्न नसकेको र खोजी भइरहेको प्रहरीले जनाएको छ।