काठमाडौंको एयरपाेर्टमा 'एयरपाेर्ट बजेट होटल'सञ्चालनमा
काठमाडौंको एयरपाेर्टमा 'एयरपाेर्ट बजेट होटल'सञ्चालनमा आएको छ। 'एयरपाेर्ट बजेट होटल' गत महिना बाट सञ्चालनमा आएको हाे।
एयरपाेर्टबाट १ मिनेटकाे पैदल यात्रा गरेर बजेट हाेटल पुग्न सकिन्छ। यो होटलकाे निर्माण २०८० सालदेखि थालिएको थियो। हाल संञ्चालनमा ल्याईएको बजेट होटलमा नेपाली,इन्डिएन तथा थकाली खानाका विभिन्न स्वादिष्ठ परिकार सहितको रेष्टूरेन्ट एण्ड वार, सुविधा सम्पन्न २३ वटा सुपर डिलक्स कोठाहरु रहेका छन् ।
एयरपाेर्ट नजिकै खुलेकाे बजेट हाेटल विदेशी र आन्तरिक दुवैखाले पर्यटकलाई लक्षित गरेर सन्चालनमा ल्याएको लगानीकर्ता बासुदेब न्याैपानेले जानकारी दिए । 'एयरपाेर्ट बजेट होटल' पशुपतिनाथ मन्दिरबाट मात्र ५ मिनेटमा पुग्न सकिन्छ। साढे दुई करोड रुपैयाँ लगानिमा नयाँ स्वरुपका साथ होटल सञ्चालनमा ल्याएको सञ्चालक न्याैपानेले जानकारी दिए।
न्याैपानेले एयरपाेर्टमा स्तरीय होटेल अभाव रहेको अवस्थामा होटेल व्यवसाय व्यवस्थित नहुँदा पर्यटक भित्र्याउन समस्या भैरहेको बेला 'एयरपाेर्ट बजेट होटलले'टेवा पुर्याउने विश्वाश व्यक्त गरे । उनले हरेक होटलको ‘गुणस्तरीय सुविधा र सेवाबाट मात्र एयरपाेर्टकाे होटलहरुको प्रचार पर्यटकहरूबाट बाहिर सम्म पुग्ने बताए ।
उनले एयरपाेर्टमा सहुलियत मुल्यमा राम्रो सेवा सुविधा दिने होटल अब बजेट होटेल बन्ने आशा व्यक्त गरे । एयरपाेर्टमा स्थानीय सरकारको पहल, पर्यटन एवं होटेल व्यवसायीहरूको लगानीमा अझ सुविधा सम्पन्न होटलहरु खोलिन आवश्यक रहेको न्याैपानेकाे जोड थियो ।