लस एन्जलसमा आगो लागेको समयमा पनि लुटपाट
अमेरिकामा लस एन्जलसमा आगो अझै दन्किरहेको छ। सबैभन्दा ठुलो पालिसेडको आगो १४ प्रतिशत नियन्त्रणमा छ। यस क्षेत्रमा आधी समेत आउने प्रक्षेपण भए पछि यसको तयारी गरिएको लस एन्जलसका मेयर कारेन बासले बताएका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले मृत्यु भएका २४ जनाको सम्झना गर्दै सिङ्गो अमेरिका भाव विह्वल भएको बताए। इटन र पालिसेडमा गरेर २३ जना अझै हराइरहेका छन्।
यसै समयमा लुटपाटमा संलग्न भएका ९ जनालाई गिरफ्तार गरिएको छ। आगजनी गरिएको आरोपमा अर्का एक जनालाई पनि गिरफ्तार गरिएको छ। उनीहरूलाई २५ वर्षको जेल सजायदेखि आजीवन कारावाससम्मको सजाय हुनसक्ने छ।
यसैगरी मूल्य वृद्धि गर्ने, अनधिकारिक क्षेत्रमा ड्रोन उडाउँदै अग्नि नियन्त्रकलाई अप्ठेरो पार्ने तथा इन्टरनेट स्क्याम गर्नेलाई पनि कानुनको दायरामा ल्याइने जनाइएको छ।
आगलागीको कारणबारे सङ्घीय सरकारले छानबिन सुरु गर्ने भएको छ। लिफोर्नियाका अभियोजक माटिन इस्ट्रेडाका अनुसार दक्षिण क्यालिफोर्नियामा सुरुवाती अवस्थामा आगो लागेको अवस्थाबाट छानबिन गर्दै छन्।