दैलेख जिल्लाको दुल्लु नगरपालिकाको १६औं अधिवेशन सम्पन्न
दैलेख जिल्लाको दुल्लु नगरपालिकाले १६औं अधिवेशन भव्यरूपमा सम्पन्न गरेको छ।
पौराणिक दुल्लु नगरपालिकाको पहिचान, ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदाको संरक्षण र विकास हाम्रो अभियान भन्ने मुल नारासाथ १६औं बार्षिक अधिवेशनमा नगर प्रमुख भरत रिजालले पानसमा दीपप्रजलन गरी कार्यक्रम उद्धघाटन गरिएको थियो ।
अधिवेशनमा आर्थिक वर्ष ८१र८२ को संसोधित विनियोजन विधेयक पास, युवा नीति २०८१ अनुमोदन, र दुल्लु नगर अस्पताललाई कर्णाली प्रदेशको मातहतमा लिने उद्देश्यका बारेमा नगर प्रमुख भरत रिजालले जानकारी दिनुभयो ।
