माओवादी स्थायी समिति बैठक सुरु
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको हो ।
बैठक बिहान ११ बजे बस्ने भनिए पनि त्यसलाई दिउँसो १ बजेका लागि सारिएको थियो । आजको बैठकमा केन्द्रीय समिति बैठकको एजेन्डा बारे छलफल हुनेछ । बैठक शनिबारसम्म चल्ने छ । आइतबारदेखि केन्द्रीय समिति बैठक सुरु हुनेछ ।