अनामनगरस्थित धोबीखोलमा कार खस्यो
आइतबार बिहान काठमाडौंको अनामनगरमा कार दुर्घटनामा परेको छ । बा एए ८७१४ नम्बरको कार अनामनगर मदन भण्डारी कलेज नजिकै धोबी खोलामा दुर्घटनामा खसेको हो ।
बिहान ६ बजेतिर कार धोबीखोलामा खसेको प्रहरीले जनाएको छ । चालक भने सकुशल रहेका छन् । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।