शुप्रिम शिव बाबा स्कुलद्वारा एसईई बधाई तथा बिदाइ कार्यक्रम सम्पन्न
पुस १३ शनिबारका दिन खुशिबु १७ काठमाडौमा सर्वज्ञ शिव बाबा स्कुलले एसईई २०८० मा उत्तीर्ण भएका विद्यार्थीहरुलाई बधाई ,सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न गरियो ।उक्त कार्यक्रमको सभापतित्व स्कुल संचालक समिति तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्री ओम शंकर श्रेष्ठज्युले गर्नुभएको थियो ।सो कार्यक्रममा स्कुलका सि.इ.वो श्री श्याम श्रेष्ठ र प्रधानाध्यापक श्री नारायण गोपाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा ,गुरु गुरुआमाहरु ,आदरणीय अभिभावकज्युहरु र विद्यार्थी भाइबहिनीहरुको उपस्तिथि रहेको थियो।उक्त कार्यक्रममा कक्षा ७ र ८ का विद्यार्थी भाइबहिनीहरुले नृत्य प्रस्तुत गरेर २०८० मा परिक्षामा सफलता हासिल गर्ने विद्यार्थीहरु लाई मनोरञ्जन प्रदान गर्नुभयो।सभापति श्री ओम शंकर श्रेष्ठज्युले सफल विद्यार्थीहरु लाई बधाई तथा भबिस्यमा उच्च शिक्षमा पनि उन्नति र सफलताको कामना गर्नु भएको थियो । स्कुलका सि इ ओ श्री श्याम श्रेष्ठज्युले बधाई र धन्यवाद ज्ञापनका साथ साथै विद्यार्थीको जिवनमा समयको महत्व बारे प्रष्ट पार्नु भएको थियो ।स्कुलका प्रिन्सिपल श्री नारायण गोपाल श्रेष्ठज्युले सम्पुर्ण अतिथिहरु र आदरणीय अभिभावकज्युहरु लाई कार्यक्रममा स्वागत र विद्यार्थी भाइबहिनीहरुलाई बधाई दिनुभयो । उत्त कार्यक्रममा स्कुलका सल्लाहकारद्दय श्री सानु मैया श्रेष्ठ र श्री चन्द्रमान नर्कमिको पनि उपस्थित रहेको थियो।
बधाई तथा बिदाइ कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक झल्को दिने गरि नृत्य प्रदर्शन गरी आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए । कार्यक्रममा एसईई (२०८०)मा उतीर्ण विद्यार्थी भाइबहिनीहरुलाई बिद्यालयले सम्मान सहित सभापतिज्यु बाट टोकन अफ लभ प्रदान गर्नुभएको थियो ।