पुथा उत्तरगंगामा तीन हजार २ सय ६८ मत खस्यो
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा भइरहेको उप निर्वाचनमा तीन हजार २ सय ६८ मत खसेको । बिहान ७ बजे सुरु भएको मतदान मध्याह्न १२ः२० सम्म महिला १ हजार ५ सय ७८ र पुरुष १ हजार ५ सय ९० जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत लोकबहादुर हमालले जानकारी दिए ।
गाउँपालिकाको १४ वडाका भित्रका १९ मतदान स्थल र २२ वटा मतदान केन्द्रमा ११ हजार एक सय ८० जना मतदाताले मतदान गर्ने क्रम जारी रहेको हमालले जानकारी दिए ।
यहाँ कांग्रेस–एमालेको तर्फबाट केशकुमारी तुलाचन तथा माओवादी केन्द्रबाट नरपुरा बुढा पुन गाउँपालिका उपाध्यक्ष उम्मेदवारको प्रतिस्पर्धामा छन् । २ नम्बर वडाध्यक्षमा जगत् घर्ती निर्विरोध निर्वाचित भएका छन् ।