रुस र युक्रेनद्वारा एकअर्काविरुद्ध अहिलेसम्मकै घातक ड्रोन आक्रमण
रुस र युक्रेनले युद्ध सुरु भएयता एकअर्काविरुद्ध सबैभन्दा घातक ड्रोन आक्रमण गरेका छन्।
युक्रेनी वायुसेनाका अनुसार रुसले शनिबार राति १ सय ४५ वटा ड्रोन आक्रमणहरू गरेको थियो जसले देशको हरेक भागलाई लक्षित गरेको थियो। तीमध्ये अधिकांशलाई खसालिएका थिए।
रुस र युक्रेनबिचका यी घातक ड्रोन आक्रमणहरू यस्तो समयमा सुरु भएका छन् जब अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व अन्त्य गर्न दुवै पक्षलाई दबाब दिन सक्ने अपेक्षा गरिएको छ।
आइतबारको युक्रेनी आक्रमण आक्रमण युद्ध सुरु भएयता रुसी राजधानीमा भएको सबैभन्दा ठुलो हमला हो। मस्कोका गभर्नरले पनि आक्रमणलाई ‘ठुलो’ भनेका छन्।
अधिकारीहरूले अधिकांश ड्रोनहरू रामेन्सकोये, कोलोम्ना र डोमोडेडोभोमा खसालेको बताएका छन्।
रुसी रक्षा मन्त्रालयले मस्कोको दक्षिणपश्चिममा रहेको रामेन्सकोयेमा भग्नावशेष खसेर पाँच जना घाइते भएको र चारवटा घरमा आगलागी भएको बताएको छ । मन्त्रालयका अनुसार सहरमा ३४ ड्रोन खसालेका थिए ।