नेपाली कांग्रेसको उम्मेदवार पासदिकीले गरिन् उम्मेदवारी दर्ता
दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेसकी उम्मेदवार पासदिकी तामाङ शेर्पाले मनोनयन दर्ता गरेकी छिन् । आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि शेर्पाले उम्मेदवारी दर्ता गरेकी हुन् ।
मुख्य निर्वाचन कार्यालयले निर्धारण गरेको समय अनुरूप नेपाली कांग्रेस पार्टीको तर्फबाट गौरिशंकर–६ निवासी शेर्पाले उम्मेदवारी दर्ता गरेकी हुन् ।
शेर्पाको उम्मेदवारी दर्ता गर्न,नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा लगायतको उपस्थिति रहेको थियो ।