एमाले सचिवालय बैठक आज बस्दै
नेकपा (एमाले) को सचिवालय बैठक आइतबार बस्दैछ।
आज साँझ ५ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। सचिवालय बैठक बोलाइए पनि सदस्यहरूलाई कार्यसूचीबारे जानकारी दिइएको छैन।
‘बैठक छ भनेर सूचना आएको छ। तर कार्यसूचीबारे केही भनिएको छैन,’ एक नेताले भने। अर्का सचिवालय सदस्यले भने पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सचिवालयको बैठक बोलाइएको बताए।