चीनको शांघाईमा अन्धाधुन्ध चक्कु प्रहार गर्दा ३ जनाको मृत्यु
चीनको शांघाईस्थित वालमार्ट सुपरमार्केटमा सोमबार राति एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ३ जनाको मृत्यु भएको छ अन्य १५ जना घाइते भएका छन् ।
चिनियाँ प्रहरीले लिन नाम गरेका ३७ वर्षीय पुरुषलाई घटनास्थलबाट पक्राउ गरेको छ । उनी ‘व्यक्तिगत आर्थिक विवादको रिस पोख्न’ शांघाई आएको प्रहरीले जानकारी दिएको छ । यसमा विषयमा थप अनुसन्धान भइरहेको छ ।
यो घटना सहरको दक्षिण पश्चिम सोङजियाङ जिल्लामा भएको हो । यो क्षेत्रमा विभिन्न विश्व विद्यालयहरू रहेका छन् । चक्कु प्रहार भएर घाइते भएका तीन जनाको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । घाइते अन्यको अवस्था भने ‘खतरामुक्त’ रहेको पनि जानकारी दिइएको छ ।