वडाध्यक्ष महर्जनले गरे नदी किनारको जग्गाबारे उठाए बालेन शाहमाथि प्रश्न
काठमाडौं वडा नम्बर २३ का वडाध्यक्ष मचाराजा महर्जनले नदी किनारको जग्गाबारे जारी गरेको सूचनालाई लिएर मेयर बालेन शाहमाथि प्रश्न गरेका छन् ।
सर्वोच्चले हालै मात्र नदी किनारको दुवैतर्फ २०/२० मिटरको मापदण्ड तोक्ने फैसला गरेको थियो । लगतै काठमाडौं महानगरले सूचना निकालेर भवन निर्माण रोकेको छ ।
कार्यपालिकाको मंगलबार बसेको बैठकमा वडाध्यक्ष महर्जनले सर्वोच्चको फैसलामा मेयरले हतारिएर सूचना निकालिएको बताएका हुन् ।
हिजो महानगरले नै ९ र ११ मिटरको मापदण्ड बनाएर जग्गा बाँडिएको भन्दै उनले भने, ‘अहिले २० मिटर भन्दा हामी भ्याकेटमा जानुपर्ने हो । तर सूचनाले काखमा राखेर घाँटी रेट्ने जस्तो भयो ।’
सर्वोच्चको यो फैसला कार्यान्वयन गर्दा ८० हजारभन्दा बढी घरबिहीन हुने उनको दाबी छ । वडाध्यक्ष महर्जनले भने, ‘२३ नम्बरको वडाध्यक्ष मेरो पनि पार्टीमा बास हुन्छ ।’
जवाफमा मेयर बालेनले भने महानगरले कुनै निर्णय नगरेको बताए । सर्वोच्च अदालतको फैसलाबारे जनतालाई सूसुचित मात्र गरिएको उनले बताए ।
प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले यसबारे प्रधानमन्त्री कार्यालयमा छलफल भएको सुनाए । सहरी विकास सचिवको नेतृत्वमा बनेको कार्यदलले कुन फैसला कार्यान्वयन गर्ने र चुनौतीपूर्ण छ भनेर हेर्ने र त्यसअनुसार अगाडि बढ्ने उनले बताए ।