कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकको समय परिवर्तन
सत्तारूढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकको समय परिवर्तन गरिएको छ । आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक सोही दिन बिहान ९ बजेका लागि बोलाइएको कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले जानकारी दिएका छन् ।
बैठक आइतबारका लागि पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बोलाइएको हो । बैठकमा उपनिर्वाचनका लागि दल दर्ताको एजेन्डा मुख्य रहेको छ ।