राष्ट्रियसभा बैठक आज बस्दै
राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजेका लागि बैठक बोलाइएको छ ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने संसद् सचिवालयले जानकारी दिएको छ ।